ताप्लेजुङ,कात्तिक ३। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन शनिबार झन्डै ६ हजार दर्शनार्थीको आगमन भएको छ ।
दशैंको टीकापछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । यो संख्या यो सङ्ख्या गत असोजभरको तुलनामा बढी भएको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ । यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए ।
पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ ।