समाचार

बालाजी सहकारीका अध्यक्ष राठी किशोरी बलात्कार अभियोगमा पक्राउ

बालाजी सहकारीका अध्यक्ष राठी किशोरी बलात्कार अभियोगमा पक्राउ

चितवन, मंसिर १०।  चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई जिल्ला प्रहरी कार्यालय चितवनले किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ । राठीले १७ वर्षीया किशोरीलाई सौराहाको एक होटलमा पुर्याइ जबरजस्ती करणी गरेको जाहेरी परेपछि शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

४८ वर्षीय राठीले किशोरीले आफूमाथि करणी गरेको भन्दै आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो । प्रहरीले जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर राठीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

Related Tag :

Related Post