समाचार

३० वर्ष सेवा अवधिअनुसार अवकाशमा नपठाउन सर्कुलर

३० वर्ष सेवा अवधिअनुसार अवकाशमा नपठाउन सर्कुलर

काठमाडौं,भदौ १० । ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न भन्दै प्रहरीप्रधान कार्यालयले पत्राचार गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले पत्राचार गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न  पत्राचार गरेको हो । विभागका प्रमुख तथा एआईजी भीम ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘‘सर्वोच्च अदालतबाट ६ भदौमा जारी भएको अन्तरिम आदेश प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय कानून शाखाको पत्र यस विभागमा प्राप्त भएको छ ।’

प्रहरी नियमावलीको नियम १२७ मा उल्लेखित अनिवार्य अवकशका प्रावधानहरु मध्ये ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीहरुसँग सम्बन्धीत विषयमा अदालतको अन्तरिम आदेश बमोजिम कार्य गर्नु÷गराउनु हुन अनुरोध गरिएको छ । ३० वर्षे सेवा अवधिका कारण यही भदौ १६ मा अनिवार्य अवकाशमा जान लागेका मध्ये २१ प्रहरी अधिकृतहरुले ३० वर्षे कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ६ भदौमा ३० वर्षे लागु नगर्नु भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त रिटको पूर्ण सुनुवाइ १० असोजलाई तोकिएको छ ।

 

 

Related Tag :

Related Post