समाचार

सरकारले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउँछ: उपप्रधानमन्त्री सिंह

सरकारले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउँछ: उपप्रधानमन्त्री सिंह

काठमाडौं,माघ १२ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अतिक्रमणका परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।  केही भएन र गरेन भन्ने, तर काम सुरु गरेपछि आफ्नो जग्गा थोरै पर्‍यो भन्ने विरोध सुरु गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भनेका छन्,  ‘अहिले सार्वजनिक जग्गामा पार्क बनाउने कुरा भइरहेको छ । त्यो प्रोसेस अगाडि बढाउँला । बागमती, विष्णुमतीदेखि लिएर अरु नदीनालाहरू सबैको तपाईँहरूले एउटा कुरा के ख्याल गर्नुपर्‍यो भने सर्वोच्च अदालतले के निर्देश गर्‍यो भन्दा नदीनालाको अहिले जे जति छ, त्यसको किनार अझ २० मिटर थप गर्ने भनेको छ । मान्छेहरूमा यहाँ त असुरक्षाको वातावरण भयो । बैङ्कहरूले पनि जसले धितो राखेको छ, त्यो चाँडै फर्काउ, किनभने तिमीहरूको केही बाँकी रहँदैन । सरकारले यो हटाउने भयो भनेको छ । त्यसबारे अहिले अदालतमा भ्याकेटको मुद्दा चलिरहेको छ ।’

 

Related Tag :

Related Post