समाचार

चर्चित बालगायक सचिन परियारको निधन

चर्चित बालगायक सचिन परियारको निधन

 काठमाडौं,पुस १८। चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । १३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । 

अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । 

हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् ।

 

 

 

Related Tag :

Related Post