काठमाडौं,भदौ २ । ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ। उनले ५ दिन अघि मात्रै मिस्टर काठमाडौं’को उपाधि जितेका थिए ।
४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्याइएको थियो।
मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।
राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।