समाचार

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु : सांसद मनाङ्गे

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु : सांसद मनाङ्गे

काठमाडौं,कात्तिक २३। गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ ९दीपक मनाङ्गे०ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबारको मितिमा एक विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका हुन् ।

व्यक्ति हत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।

उनले विज्ञप्तिमा लेखेका छन्, फैसला०पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’  ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’उनको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।

 

Related Tag :

Related Post