काठमाडौं,पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने बताएका छन् । मंगलबार ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । सुशासन दिनुछ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’