काठमाडौं,साउन ३ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर बनाएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतक तथा सचेतकहरुसँग प्रस्तावित क्यालेन्डरबारे छलफल गरेका हुन् ।
६, ७ र ८ गते लगातार तीन दल संसद बैठक बस्नेछ । ९, १० र ११ संसदीय समितिहरुको बैठकका लागि समय छुट्याइएको छ ।३, १४ र १५ गते फेरि संसद बैठक बस्नेछ । भोलि कार्यव्यवस्था परामर्श समितिले यसलाई अनुमोदन गर्नेछ ।