काठमाडौं,कात्तिक,११ । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब ९डीएफएल० मा पठाएको हो ।डीएफएल जाँचपछि उनको माबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ ।
कास्की प्रहरीले लामिछानेलाई गएको शुक्रबार जिल्ला अदालत उपस्थित गराएर सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि सात दिन म्याद लिएको थियो । सात दिनमा अनुसन्धान र बयान लगायतका प्रक्रिया नसकिएपछि फेरि म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्छ । तर, सात दिनपछि तिहार विदा सुरु हुने भएकाले अदालत खुलेको पहिलो दिन उनलाई उपस्थित गराउने प्रहरी तयारी छ ।