समाचार

मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त

मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त

काठमाडौं,साउन २९ ।   मधेश प्रदेशका ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

मन्त्रिपरिषद धेरै ठूलो बनाएको भन्दै चर्को आलोचना भएको थियो ।  २० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १र१ जना मन्त्री र एक मुख्यमन्त्री छन् ।

२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले पछिल्लो पटक २२ साउनमा पाँच राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका थिए ।
बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

 

Related Tag :

Related Post