समाचार

संघीय संसदको बर्षे अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकारको निर्णय

संघीय संसदको बर्षे अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ ३०। आइतबारको मन्त्रिपरिषद बैठकले संघीय संसदको चालु वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सरकारले राष्ट्रपति समक्ष भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको हो ।

संबैधानिक व्यवस्था बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने गरिन्छ ।

गत बैशाख २८ गतेबाट सुरु भएको अधिवेशनले वजेट, बजेटसँग सम्बन्धित विधेयकहरुलगायत विभिन्न विधेयकहरु समेत पारित गरेर अन्त्य हुन लागेको छ । महत्वपूर्ण मानिएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) समेत यही अधिवेशनले पास गरेको थियो ।

Related Tag :

Related Post