काठमाडौं, मंसिर १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास(निर्माणका काममा अघि बढिरहेको बताएका छन् ।
शनिबार एमाले सूर्यवनायक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका छन् । उनले भनोका छन् , एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिंड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ,’।