विराटनगर,साउन २९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आलोचना कम हुने गरी काम गर्न निर्देशन दिएका छन् । कोशी प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले आफूले गरेको काम आम जनताले देख्ने र प्रदेशको आम्दानी बढ्ने गरी काम गर्न निर्देशन दिएका हुन ।
मुख्यमन्त्री कार्कीले भने, ‘अब आलोचना कम हुनेगरि काम गर्नुहोस् ।’ आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेको अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाब संकलन गर्ने तयारी गरेको छ ।’
प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेशागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकाहरुसँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नेगरि कार्यक्रम तय गरिएको छ ।