कैलाली,असोज २५ । कैलालीमा एक पुरुषले बन्चरोले हानेर आफनै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । अहिले बन्चरो प्रहार गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।