समाचार

श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाहिने

श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाहिने

काठमाडौं,कात्तिक, २६। श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नहुने भएको हो ।

त्यसैगरी, नेपाली कूटनीतिकरआधिकारिकरसेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज -पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक पर्ने छैन ।

अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।

 

Related Tag :

Related Post