समाचार

झापामा बसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

झापामा बसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

झापा, कात्तिक,७। कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधवार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको प्रहरीले बताएको छ । प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको  छ । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

 

Related Tag :

Related Post