काठमाडौं,मंसिर २८ । सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी लाई अस्पताल भर्ना गरिएको छ। छातीमा गाह्रो भएको सिकायतपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।
डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।
एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।