समाचार

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

काठमाडौं,असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।संविधानतस् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ,  अहिलेसम्म प्रचण्डसँग माओवादी ९३२०, रास्वपा ९२१०, एकीकृत समाजवादी ९१०० र अशोक राई नेतृत्वको जसपा ९७० को गरेर ७९ मत मात्र छ ।

 

Related Tag :

Related Post