समाचार

भुवनबहादुर सुनार: जनतालाई सास्ती, मन्त्री/प्रधानमन्त्री भ्रष्टाचारमा मस्ती

भुवनबहादुर सुनार: जनतालाई सास्ती, मन्त्री/प्रधानमन्त्री भ्रष्टाचारमा मस्ती

काठमाडौं,साउन ६ । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले  संसद्‌मा कविता सुनाएका छन् ।उनले समसामयिक विषयमा कटाक्ष गर्दै कविता सुनाएका हुन ।

सामान्यतस् संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् । तर, मंगलबार राष्ट्रियसभामा बोल्दै सांसद सुनारले भने कवितामार्फत सरकारलाई कटाक्ष गरेका हुन् ।

 मंगलबार शून्य समयमा बोल्दै उनले जनताहरू समस्यामा रहेको बताए । जलवायु परिवर्तनको प्रभावले हिमताल फुट्ने समस्याले पनि धनजनको क्षति गरिरहेको बताए । यस्तो बेला सरकारको उचित ध्यान जान नसकेको उनको आरोप छ ।

यही भाव प्रकट गर्न उनले सभामा कविता सुनाएका हुन् ।

कतै भारी वर्षात्,

कतै सुख्खा क्षेत्र ।

जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव,

हिमताल फुट्दै,

धनजनको खति ।

झनै कति हुने हो क्षति,

दर्जनौं ठाउँमा सडक अवरुद्ध,

जनतालाई सास्ती,

मन्त्रीरप्रधानमन्त्री लगायत सबै

भ्रष्टाचारमा मस्ती ।

 

 

 

Related Tag :

Related Post