समाचार

कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परेको प्रचण्डको दाबी

कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परेको प्रचण्डको दाबी

 काठमाडौं,मंसिर २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परेको बताएका छन् । सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको बताएका हुन ।

चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘उनीहरुले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै सँगै बसेका कुराहरु हामीले देखिरहेका छौं । तिनै नाटकबाजहरुलाई नै बचाउन यो सरकार लागिपरेको छ । अहिले उहाँहरुले एउटा पाउनुभएको रवि लामिछाने, जो यही चितवनबाट दुईदुई पटक अत्यधिक मतले जित्नुभयो । अहिले उहाँलाई राजनीतिक प्रतिशोधले जो गरिएको छ, अहिले त आतंकित पार्ने ढंगले मध्यरातमा प्रहरीबाट ज्यादती भएको पनि सुन्छु ।’

 

 

Related Tag :

Related Post