समाचार

सहरी विकास मन्त्री सिंहले गरे निर्माणाधीन संसद भवन अनुगमन

सहरी विकास मन्त्री सिंहले गरे निर्माणाधीन संसद भवन अनुगमन

काठमाडौं,साउन १५।  उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज निर्माणाधीन संसद भवनको निरीक्षण गरेका छन् । । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।  ।अनुगमनपछि उपप्रधानमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न आदेश  दिएका हुन । 

२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुन सकेको छैन । भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तिमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंह अनुगमनमा जाँदा ठेकेदार कम्पनीका प्रतिनिधिहरु भने थिएनन् ।

 

 

Related Tag :

Related Post