समाचार

बाढी प्रभावित क्षेत्रमा एकीकृत वस्ती विकास गर्दै पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने

बाढी प्रभावित क्षेत्रमा एकीकृत वस्ती विकास गर्दै पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने

काठमाडौं,असोज ३०। प्रधानमन्त्री केपी शर्मा ओलीले  बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजना अघि बढाउने बताएका छन् । उनले तत्काल बाढी प्रभावित क्षेत्रमा एकीकृत वस्ती विकास गर्दै पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने पनि बताए।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षतिबारे जानकारी दिन आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने बताएका हुन ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको उनको भनाइ छ ।

 

 

Related Tag :

Related Post