जनकपुरधाम, भदौ १४। महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माकोे मृत्यु भएको हो ।
आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । बर्मा ज्यालादारी कर्मचारी थिए ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।