समाचार

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने राजमानको घोषणा

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने राजमानको घोषणा

काठमाडौं,कात्तिक २३ । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखको पदका लागि सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी घोषणा गरेका छन् ।कीर्तिपुरलाई पार्टीको गढबाट जनताको गढ बनाउन मेयरको उम्मेदवार बन्न लागेको विचार उनले राखेका छन् । 

सबै दलहरु मिलेर आएपनि पराजित गर्ने उनको दाबी छ ।गत निर्वाचनमा कीर्तिपुरको मेयर पद कांग्रेसले जितेको थियो । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादीका उम्मेदवारले मत ल्याएका थिए ।

नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् ।कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएकाले आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

 

 

Related Tag :

Related Post