काठमाडौं,पुस १९ । धनुषालगायत मधेशका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थाले पछि चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन्। जनकपुरधाम क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ।