काठमाडौं,फागुन १२ । नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘एकीकृत समाजवादीका लागि एमसीसी कहिलयै ठिक रहेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्नेमात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुनसक्छन् । हामीले स्वीकार गर्छौं,’
एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको उनको भनाइ थियो ।