समाचार

पानीमा कीरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई २ लाख रुपैयाँ जरीवाना

पानीमा कीरा भेटिएपछि   किम्ची रेस्टुरेन्टलाई  २ लाख रुपैयाँ जरीवाना

काठमाडौं,साउन २७ । काठमाडौं महानगरपालिकाले पानीमा कीरा भेटिएपछि अनामनगरमा रहेको किम्ची रेस्टुरेन्टलाई  २ लाख रुपैयाँ जरीवाना गराएको छ । महानगरपालिकाकै कार्यक्रममा सिल गरेको पानीभित्र कीरा फेला परेको हो ।

शुक्रबार बिहान ९ बजे स्थानीय विवाद निरुपणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम राखिएको थियो । कार्यक्रममा महानगरको अनुगमन समिति संयोजकसमेत रहेकी उपमेयर सुनीता डंगोल उपस्थित थिइन् ।

कार्यक्रमकै बीचमा वडा नम्बर ११ की वडा सदस्य यशोमती परियारले सिल गरेको प्रशोधित पानीको बोतल गिलासमा खन्याएर पिउन थाल्दा कीरा देखिन् । उनले सो बोतल उपमेयर डंगोललाई देखाएकी थिइन् ।

डंगोल दूषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएर त्यहाँबाट हिँडेकी थिइन् ।  महानगरको कार्यक्रम स्थगन भएको थियो ।

 

 

Related Tag :

Related Post