काठमाडौं,कात्तिक ३०। काठमाडौं महानगरपालिका नगर प्रहरी बल अतिक्रमति संरचना भत्काउन गौशाला क्षेत्रमा डोजर सहित पुगेको छ ।चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन पुगेको हो ।
चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।