समाचार

सशस्त्र प्रहरी बल नेपालका सई यादवलाई ठक्कर दिएर ज्यान लिने गाडी भारतीय रहेको खुल्यो

सशस्त्र प्रहरी बल नेपालका सई  यादवलाई ठक्कर दिएर ज्यान लिने गाडी भारतीय रहेको खुल्यो

काठमाडौं,मंसिर १७ ।  सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडी भारतीय नम्बर प्लेटको रहेको खुलेको छ । अनुसन्धानका क्रममा उक्त स्कर्पियो भारतीय नम्बर प्लेटेको रहेको खुलेको हो। भारतीय नम्बर प्लेटको स्कर्पियो खुलेपछि सिरहा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट(बीओपी) बाट सई यादवको कमाण्डमा गस्ती टोली खटिएको थियो। यो बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।

यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले आइतबार बिहान ३ बजेर १० मिनेट जाँदा स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो । सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३स्४५ बजे प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको थियो ।

४८ वर्षीय सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन् । सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

 

Related Tag :

Related Post