चितवन,साउन १२ । नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा पर्ने त्रिशूली नदी बीचमा रातो रंगको वस्तु देखिएको छ । स्थानीयले नदी बीचमा रातो वस्तु देखिएपछि प्रहरीलाई खबर गरेका थिए । सिमलतालबाट बगाएको बस हुनसक्ने आशंकामा खबर गरेको स्थानियले बताएका छन् ।
खबर पाए पछि त्यतातर्फ प्रहरी टोली पठाइएको छ ।आज दिनभर भारतीय उद्धार टोलीसहितको सुरक्षाकर्मीले त्यही आसपासका क्षेत्रमा चुम्बक प्रयोग गरी बसको खोजी गरेका थिए । केही बेरअघि मात्रै खोजी कार्य स्थगित गरिएको थियो ।
यस्तै दुइटा चुम्बक प्रयोग गरेको भए पनि त्रिशूलीमा आएको पानीको बहावले एउटा बगाएको छ । प्रहरी प्रमुख एसपी रिमालका अनुसार खोजीमा गएको चुम्बक बगाएको भनेर भारतीय उद्धार टोलीले जानकारी गराएका छन् ।
‘