समाचार

भारतको कोलकाता पुर्‍याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ

भारतको कोलकाता पुर्‍याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ

काठमाडौं,भदौ १२ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न प्रलोभनमा भारतको कोलकाता पुर्‍याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पीडितको उजुरीपछि दुईजना पक्राउ परेका हुन ।   पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका(८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका(२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् ।

उनीहरूले पीडितलाई मृगौला बिक्री गरेमा १० लाख कमाउन सकिने लोभ देखाएर लगेको ब्युरोले बताएको छ । प्रहरीका अनुसार गिरोहले पीडितको स्वास्थ्य परीक्षण गराई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको कलकत्ता पुर्‍याएका थिए । दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

Related Tag :

Related Post