समाचार

पाँचतारे होटल ‘मेक्योर काठमाडौं’ सञ्चालनमा

पाँचतारे होटल ‘मेक्योर काठमाडौं’ सञ्चालनमा

काठमाडौं,माघ २।  पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो होटल उद्घाटन गरे । एकोरको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटल सञ्चालनमा आएको हो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ ।

होटल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकको नेपाल भ्रमण गराउन यो होटलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटल व्यवसायमा नयाँ स्वाद दिँदै यो व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गरे । यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने उनको भनाइ थियो ।

 

 

Related Tag :

Related Post