काठमाडौं,माघ १८। जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन।
उनले भने, ‘संसद किन खुलिरहेको छैन भनेर सोच्दा । हामी त शक्ति पृथकीकरण भन्छौँ । व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ । तर यहाँ हुँदा के रहेछ भने संसद्को पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ,’
सरकारले अधिवेशन नबोलाउँदासम्म संसद सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक भएको उनको भनाइ थियो ।
‘