समाचार

संयन्त्र डाकेर छलफल गर्न ओली- देउवा तयार

संयन्त्र डाकेर छलफल गर्न ओली- देउवा तयार

 काठमाडौं,वैशाख २ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् । बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरुप कार्यशैली नभइरहेको भनी आएका टिप्पणीबीच कुराकानी भएको हो । 

स्रोतका अनुसार गठबनधनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै पनि किसिमको अन्यौल छैन । उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् । नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।

 

 

Related Tag :

Related Post