समाचार

दुर्घटनामा परेर त्रिशूलीमा मोटरसाइकल चालक बेपत्ता, खोजी जारी

दुर्घटनामा परेर त्रिशूलीमा मोटरसाइकल चालक बेपत्ता, खोजी जारी

काठमाडौं फागुन २ । नारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका-५ मुग्लिन(नारायणगढ सडक खण्ड)को कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले बताएका छन् । मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ ।

उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी )रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Related Tag :

Related Post