समाचार

पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गरियोस् :तोसिमा कार्की

पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गरियोस् :तोसिमा कार्की

काठमाडौं,फागुन ११ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राखेकी हुन् ।उनले भनिन्, ‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु– त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्’।

बल मार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा उनको भनाइ थियो ।

 

 

Related Tag :

Related Post