समाचार

दशैं लक्षित अग्रीम टिकट खुला गर्न सरकार र यातायात व्यवसायी सहमत

दशैं लक्षित अग्रीम टिकट खुला गर्न सरकार र यातायात व्यवसायी सहमत

काठमाडौं,असोज ५ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर नेपालीहरुको महान चाड  दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमती भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबीच सहमति भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

यस्तै छलफलमा यातायात व्यवसायीहरुले यात्रुको यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन विगत एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेकको अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएको आवाज उठाएका थिए । उक्त सन्दर्भमा आवश्यक तयारी गरी छठ पर्वपछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने भएको मन्त्रालयले जनाएको छ ।

 

 

Related Tag :

Related Post