समाचार

बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता

बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक  बेपत्ता

१२ असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा परेर बेपत्ता भएका छन् ।

शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिए । उक्त विद्यालयमा अखिल नेपाल फुटबल संघ ९एन्फा० ले गत वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो ।

एकेडेमीमा ४० जना बालक थिए । कुलेखानीको बाँध खोलेपछि खोला बढेकाले सुरक्षित स्थानतर्फ लैजाने क्रममा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएका ठकुरीले जानकारी दिए । ३४ जना भने सुरक्षित रहेको उनको भनाइ छ ।

मकवानपुरका एसपी सीताराम रिजालले खेलाडी बेपत्ता भएको खबर आएको तर प्रहरी घटनास्थलमा पुग्न नसकेको बताएका छन् ।  

 


 

Related Tag :

Related Post