समाचार

तीज लक्षित श्रृजनशील उद्यमी मेला २०८१ हुने

तीज लक्षित  श्रृजनशील उद्यमी मेला २०८१  हुने

काठमाडौं,भदौ ४ । हरितालिका तीजलाई लक्षित गरेर २१औं  तीज फेस्टिबल श्रृजनशील उद्यमी मेला २०८१  हुने भएको छ ।  महिला श्रजनशील  केन्द्रले आयोजना गर्ने उक्त मेला ३ दिनसम्म लाग्ने छ । महिला उद्यमीहरुको सीप र क्षमताको विकास गर्ने उदेश्यले उक्त मेला संचालन हुन लागेको हो ।  यस मेलामा ७० वटा स्टलहरु रहने बुझिएको छ । यो मेला विहान १० बजे बाट बेलुका ६ बजे सम्म हुने  महिला श्रजनशील केन्द्रले बताएको छ । 

राइजिङ नेपाल प्रालि (इभेन्ट संसार) को व्यवस्थापनमा फेस्टिबल आयोजना हुन लागेको हो।  तीज मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आगामी भदौ ७ गतेदेखि ९ गतेसम्म चल्नेछ। श्रृजनशील महिला दिदीबहिनीहरूलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न  याे मेला हुन लागेको हो । 

महिला दिदीबहिनीहरूलाई आर्थिक रूपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ  मेला आयोजना हुँदै आएको छ। महिलाहरुको  सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलाले सहयोग पुर्याउने महिला श्रृजनशील केन्द्रले बताएको छ ।

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरू, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरू, तिज विशेष खानाका परिकारहरू, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा उपहारहरू राखिएको छ।

मेलामा ७० वटाभन्दा बढी स्टलहरू रहने र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरूका लागि निःशुल्क उपलब्ध गराइएको आयोजकले बताएको छ । 
 

Related Tag :

Related Post