समाचार

दरबारमार्गमा खुल्यो टक्सार ग्रुपको स्टारबोस कफीको पहिलो आउटलेट

दरबारमार्गमा खुल्यो टक्सार ग्रुपको स्टारबोस कफीको पहिलो आउटलेट

काठमाडौं,मंसिर १ । पछिल्लो समय नेपालमा पनि कफी खानेको संख्या बाक्लो छ । यसैलाई मध्यनजर गर्दै आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ  स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौँको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ।

शनिबार विशेष समारोहमा अभिनेत्री तथा पर्व मिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरेका हुन । ।

टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस क्याफेको उद्घाटन समारोहमा अभिनेत्री नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको थियो । ब्रान्डप्रति ग्राहकको विश्वास र पहिचान मजबुत बनाउन नम्रताको छवीले ठूलो योगदान दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

समारोहका प्रमुख अतिथि नबिल बैँकका सीईओ मनोज ज्ञवालीले अलिको चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक रहेको बताएका छन्। यो कदमले अन्य व्यवसायीलाई समेत नेपालमै नयाँ अवसर खोज्न प्रेरित गर्ने उनको भनाइ थियो । ।

उद्घाटनमा सहभागी पत्रकार ऋषि धमलाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत दिनुपर्ने आवश्यकता औँल्याए । उनले जेनजी आन्दोलनले नेपालमा ठूलो परिवर्तन ल्याउँदै नयाँ व्यवसायिक वातावरण निर्माण गरेको उल्लेख गरे।

विभिन्न चुनौतीबीच  सञ्चालनमा ल्याउन सफल टक्सार ग्रुपका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले उत्कृष्ट सेवा, स्वादिलो कफी र शान्त वातावरणको साथ स्टारबोसलाई नेपालकै प्रमुख क्याफे ब्रान्ड बनाउने लक्ष्य समूहले राखेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सेवा प्रदान गर्ने उदेश्यसहित स्टारबोस कफीले विशेषज्ञहरू समावेश भएको बलियो टिम तयार पारेको छ । युवालाई रोजगारी, सीप विकास र उद्यमशीलता प्रोत्साहन गर्नका लागि पनि यो परियोजना महत्वपूर्ण हुने समूहले विश्वास व्यक्त गरेको छ ।

दरबारमार्गको पहिलो आउटलेट सञ्चालन पछि स्टारबोस कफीले तनकुनेमा दोस्रो र ललितपुरको इमाडोलमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ।

 

 

 

Related Tag :

Related Post