समाचार

महाकुम्भबाट फर्किने क्रममा दुर्घटना हुँदा चार जनाको मृत्यु , सातजना घाइते

महाकुम्भबाट फर्किने क्रममा  दुर्घटना हुँदा चार जनाको मृत्यु , सातजना घाइते

काठमाडौं,फागुन १० । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको बुझिएको छ ।


उनीहरु स्कार्पियोमा सवार थिए । सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अस्पताल पठाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

 

Related Tag :

Related Post