सुनसरी, असोज २९ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुखलाई छाडेर वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् तर साम्पाङले बेघालाई वेवास्था गर्दै वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।साम्पाङले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी दिएका हुन । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् ।