समाचार

कात्तिक २४ गतेबाट फ्लाइ दुबईले काठमाडौं-भैरहवादेखि दुबईको उडान गर्ने

कात्तिक २४ गतेबाट फ्लाइ दुबईले काठमाडौं-भैरहवादेखि दुबईको उडान गर्ने

 काठमाडौं,कात्तिक ७ ।  कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौ हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुने भएको छ । बुधवार सिंहदरबारमा सरकारको सय दिने उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताएका  हुन् । फ्लाई दुवईले हप्ताको सातै दिन दुबई र भैरहवा एवं काठमाडौं हुँदै भैरहवा र दुबई बीच उडान भर्नेछ । जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवं कुवेत र भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले राम्ररी सञ्चालनमा नआएका अन्तर्राट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको पनि उनको भनाइ छ । उनले भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाइ इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रवन्ध गर्न सफल भएको उनले बताएका छन् । 

उनले भनेका छन् , ‘देश भित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसवाट लाभ लिने यो सरकारको घोषित नीति हो । त्यसैले राम्ररी सञ्चालनमा नआएका अन्तर्राट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको छ । भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाइ इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रवन्ध गर्न सफल भयौं’, उनले भने, ‘अब आउँदो कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौ हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुने छ । फ्लाई दुवईले हप्ताको सातै दिन दुबई र भैरहवा एवम् काठमाडौं हुँदै भैरहवा र दुबई बीच उडान भर्नेछ । जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवम् कुवेत र भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको छ ।’

 

Related Tag :

Related Post