समाचार

सिंगापुरको आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का

सिंगापुरको आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का

काठमाडौं,कात्तिक २२ ।  २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का कृषि सामग्री कम्पनी लिमिटेडले सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।

बिहीबार एक सूचना निकाल्दै कृषि सामग्री कम्पनीले करिब २ अर्ब ५६ करोड रुपैयाँ ९१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर० मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको बताएको हो ।

कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको हो । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१र८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९  टन मल आयात भइसकेको छ । गत आथिर्क वर्ष २०८०र८१ को मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारमा रहेको जनाइएको छ ।

 

 

 

Related Tag :

Related Post