समाचार

कठिनाइको समयमा उच्च मनोबलका साथ सकारात्मक सोच राखेर जनताको सेवामा लाग्न भन्दै मुख्यसचिव अर्यालले दिए निर्देशन

कठिनाइको समयमा  उच्च मनोबलका साथ सकारात्मक सोच राखेर जनताको सेवामा लाग्न भन्दै मुख्यसचिव अर्यालले दिए निर्देशन

काठमाडौं,भदौ २२ । मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा सेवाग्राहीमैत्री, प्रविधिमैत्री,सिर्जनशिल,र नतिजामुखी हुन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। उनले निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन विभिन्न चुनौतिहरु रहेको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भुमिका रहन्छ । उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले भने, ‘निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतिहरु खडा भएका छन् । बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी छ । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भुमिका रहेको सर्वविदित नै छ । यो कुरालाई आत्मसाथ गरी आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न सबै कर्मचारीहरुलाई म हार्दिक अपिल गर्न चाहन्छु ।’

 

Related Tag :

Related Post