समाचार

‘फोटो नेपाल’ शृंखला पुनः सुरु , पर्यटनमन्त्री पाण्डेले सेल्फी खिचेर गरे उद्घाटन

‘फोटो नेपाल’ शृंखला पुनः सुरु , पर्यटनमन्त्री पाण्डेले सेल्फी खिचेर  गरे उद्घाटन

काठमाडौं,फागुन १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  सेल्फी खिचेर ‘फोटो नेपाल’ उद्घाटन गरेका छन् । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ शृंखला पुनः सुरु भएको हो ।  यसअघि सन् २०१६ देखि बोर्डले यस्तो शृंखला गर्दै आए पनि  केही समय बीचमा रोकिएको थियो । अहिले बोर्डले ‘कर्णाली नदी’ का तस्वीरहरू प्रदर्शनीमा राखेको छ ।

प्रदर्शनी तीन दिनसम्म बोर्डमा चल्ने छ । बिहान १० देखि ५ बजेसम्म तस्वीर प्रदर्शनी हुने बोर्डले जनाएको छ । ४५ दिनमा १ हजार ८० किलोमिटर यात्रा गर्दा खिचिएका तस्वीर प्रदर्शनीमा राखिएका छन् ।

 

 

 

 

Related Tag :

Related Post