समाचार

शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

काठमाडौं,भदौ २ । आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भए पनि शुक्रबारदेखि केही वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले बताएका छन् । 

देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै बादल लागेको छ । तर पछिल्लो १२ घण्टामा पानी भने परेको छैन ।शुक्रबार पानी पार्ने प्रणाली भित्रिँदा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरु तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।

 

Related Tag :

Related Post