काठमाडौं,पुस २४ । सुनसरी उद्योग वाणिज्य सघ, धरानको आयोजनामा टुरिजम रिल प्रतियोगिता हुने भएको छ । स्थानिय पर्यटकिय स्थलको प्रवर्द्धन, नगरको आर्थिक विकासमा योगदान भन्ने नाराका साथ पर्यटन वर्ष २०८२ सफल बनाउने हेतुले उक्त प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगितामा सहभागी हुनेले माघ ४ गते सम्म भिडियो बनाएर पठाइसक्नु पर्नेछ । यस प्रतियोगितामा प्रथम हुनेले १० हजार,दोस्रो हुनेले ७००० , र तेस्रो हुनेले ५००० प्राप्त गर्नेछन् । प्रतियोगीतामा सहभागी हुनले निम्न शर्तहरु मान्नु पर्नेछ।
नियम, शर्तहरुः
१. भिडियो १ मिनेटको हुनुपर्नेछ । बढिमा १ मिनेट ३० सेकेन्ड सम्मलाई मान्यता दिईनेछ ।
२.अरुको भिडियो वा कपि राईट लागेको गित, संगित प्रयोग गर्न पाईनेछैन् ।
३ .एक प्रतियोगीले एउटा भन्दा बढि भिडियो सहभागी गराउँन पाईने छैन् ।
४ .सहभागी हुन ईच्छुकले कुन स्थानको रिल बनाउने हो अग्रिम जानकारी गराउनु पनेछ ।
५. धरान र धरान आसपासका कुनै एक पर्यटकिय स्थानको पूर्ण विवरण सहितको भिडियो रिल बनाउनु पर्नेछ ।
६. भिडियो रिल एचडि स्तरको हुनुपर्नेछ ।
७. भिडियो पोट्रेट साईजमा खिचिएकोलाई मान्यता दिईनेछ ।
८. खिचिएको भिडियो र विवरण सहि हुनुपर्नेछ । भिडियो तथा विवरण झुटा ठहरिएमा त्यसको जिम्मेबारी र जवाफदेहिता आयोजक संस्था हुनेछैन् ।
९ .प्रतियोगितामा सहभागी भएका सम्पूर्ण भिडियोहरु आयोजक संस्थाको सम्पतिको रुपमा सुरक्षित रहने छ ।
१०. प्रतियोगितामा सहभागी भएका भिडियो आयोजक संस्थाको फेसबुक पेजमा प्रशारण गरिनेछ ।
११. आयोजक संस्थाको फेसबुक पेजमा प्रशारण गरिएको सहभागीहरुको भिडियोमा प्राप्त साईकलाई आधार मानेर ५० प्रतिशत र निर्णायक समितिको निर्णयलाई ५० प्रतिशत गरेर जम्मा १०० प्रतिशत पूर्णाङ्गको आधारबाट निर्णय गरिनेछ ।
१२. सहभागीहरुले आफ्नो भिडियोको लाईक बढाउन नियम विपरित गैह्र कानुनी तरिकाहरु प्रयोग गरेको पाईएमा प्रतियोगिताबाट तुरुन्तै हटाईने गरिनेछ ।
१३. विजेतालाई नगद तथा प्रमाण पत्रले पुरस्कृत गरिनेछ ।
१४. प्रतियोगिता सम्बन्धि अन्तिम निर्णय निर्णायक समितिको हुनेछ ।