काठमाडौं, मंसिर ९ । काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा आज मृत भेटिएका युवा र युवती पति पत्नी भएको खुलेको छ । उनीहरू हिजोमात्रै क्यानडाबाट फर्किएर होटलमा बसेका थिए ।
सुनसरीको दुहवी- ८ घर भएका ३४ वर्षीय रमेश माझी र उनकी पत्नी २९ वर्षीया शर्मिलाकुमारी माझी होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । हिजो बेलुका करिब साढे ६ बजे होटलमा आएका उनीहरू रमेश माझीको नामबाट कोठा नम्बर १२० बुक गरी बसेका थिए ।
आज बिहान साढे ७ बजे सोही कोठा पछाडि बार्दलीमा रहेको स्टिलको रेलिङमा दुवैजना एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।